म ठीक छु, देशमा छिट्टै उज्यालो आउँछः प्रधानमन्त्री

काठमाण्डु टुडे २०७१ भदौ १२ गते ६:०५ मा प्रकाशित

काठमाण्डु, १२ भदौ प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा छिट्टै उज्यालो आउने दाबी गरेका छन् ।
sushil koiralaबाढीपहिरो पीडिलाई राहत बुझाउन बालुवाटार पुगेका संघसंस्थाका प्रतिनिधिसँग उनले यस्तो बताएका हुन् । कोइरालाले आफ्नो स्वास्थ्य अवस्था ठीक रहेको बताए ।

कोइरालाले समयै संविधान आउने पनि दोहोर्याए । म ठीक छु । संविधान समयमै आउँछ । मुलुकले उज्यालो पाउँछ । कोइरालाले भने । कोइरालाले बाढीपहिरो प्रभावितलाई सबैतिरबाट सहयोग प्राप्त भएको भन्दै दुःखका बेला मद्धत गर्ने नेपाली विशेषताको प्रशंसा गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us