टाउको काटिएको अवस्थामा महिलाको शव फेला

काठमाण्डु टुडे २०७१ भदौ १२ गते ५:२९ मा प्रकाशित

वीरगञ्ज, १२ भदौ- पर्साको सेंढवा गाविसमा हत्या गरी फालिएको अवस्थामा एक महिलाको शव बिहीबार बिहान फेला परेको छ ।

जिरा भवानी नदीमा फेला परेको शव सेंढवा–२ निवासी अर्जुन खनालकी ४० वर्षीया श्रीमती आशा खनालको रहेको स्थानीयले जनाएका छन् । उनको टाउको काटिएको अवस्थामा नदीमा शव फेला परेको इलाका प्रहरी कार्यालय सेंढवाले जनाएको छ ।

छोरा वैदेशिक रोजगारीमा रहेको र श्रीमान् जितपुर गएकाले एक्लै घरमा रहेकी खनाललाई गएराति लुटपाट गर्न आएको समूहले हत्या गरेको हुन सक्ने प्रहरीको आशङ्का छ ।
इलाका प्रहरी कार्यालय सेंढवाबाट २०० मिटर दूरीमा रहेको उनको घरबाट एक किलो मिटर दूरीमा नदी पर्दछ । घटनाको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सेंढवाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us