स्थानीय तहको उपनिर्वाचन: सहभागितामै सीमित भयो सीके राउतको जनमत पार्टी

काठमाण्डु टुडे २०८१ मंसिर १७ गते १३:४३ मा प्रकाशित

काठमाण्डु, १७ मंसिर– सीके राउत नेतृत्वको जनमत पार्टी आइतबार सम्पन्न स्थानीय तह निर्वाचनमा सहभागितामै सीमित भएको छ । अधिकांश स्थानको अन्तिम मत परिणाम सार्वजनिक हुँदा सो पार्टीका कुनै पनि उम्मेदवारले विजय हाँसिलमात्रै गर्न सकेनन् राम्रो मत पनि पाउन नसकेका हुन् ।

यस्तै गणना हुन बाँकी कीर्तिपुरमा पनि दोहोरो अंक कटाउने छाँट देखिएको छैन । निर्वाचन आयोगका अनुसार मोरङको ग्रामथान गाउँपालिकामा उम्मेदवार रहेका विनोद कुमार माझीले ४२ मत पाए भने उदयपुरको त्रियुगा नगरपालिका १२ मा प्रमोद मलाहा सहनीले २० मत पाए ।

यस्तै सुनसरीको गढी गाउँपालिका ६ मा सिताराम यादवले ६० मत, झापाको कन्काइ नगरपालिका ६ मा सुकलाल राजवंशीले ९ मत, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ मा शैलेन्द्र कुमार साह ९तेली० ले ७४ मत तथा सोही स्थानीय तहको वडा नम्बर ४ मा उदय नारायण पण्डितले २३१ मत प्रप्त गरेका छन ।

यसैगरी रौतहटको इशनाथ नगरपालिका वडा नम्बर ७ मा शेख जमिरुल हकले १३५ मत पाउँदा गढीमाइ नगरपालिका ८ मा सुरेन्द्र राउत कुर्मीले ८ मत, धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ माकुश्वेश्वर मण्डलले २५ मत, काठमाडौँको कीर्तिपुर नगरपालिका जारी मतगणनामा केशव श्रेष्ठले ४ मत प्रप्त गरेका छन ।

यस्तै कीर्तिपुर १ मा विकास प्रधानले ७ मत, वडा नम्बर ४ मा श्रीकृष्ण महर्जनले २ मत, कपिलवस्तुको शुद्धोधन गाउँपालिका १ मा सीताराम पटेल कुर्मीले ४२३ मत र भीमदत्त नगरपालिका वडा नम्बर ६ मा यादव बहादुर चन्दले ५ मत पाएको आयोगले जनाएको छ ।

संघीय संसदमा राष्ट्रिय पार्टीको हैसियत रहेको जनमत स्थानीय तह उपनिर्वाचनमा भने सीमित हुन पुगेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us