काठमाण्डु, १७ मंसिर– काठमाण्डुको कीर्तिपुर नगरपालिका–४ को वडाध्यक्षमा पनि कांग्रेस उम्मेदवार विजयी भएका छन । कीर्तिपुर–४ मा कांग्रेस उम्मेदवार राजेन्द्र बानियाँ १ हजार १५५ मतसहित विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
कांग्रेस उम्मेदवार बाँनियाले निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार पविता खड्कालाई ३४९ को मन्तानतरले पाराजित गरेका हुन । निकटतम् प्रतिद्वन्द्वी अधिकारीले ८०६ मत प्राप्त गरिन् ।
तेस्रो स्थानमा रहेको नेकपा एमालेका बद्री बुढाथोकीले ४६० मत प्राप्त गरे । माओवादी केन्द्रका उम्मेदवार नारायण विष्टले ३८१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।