बझाङ, १७ मंसिर- बझाङको सुर्मा गाउँपालिका- ४ को अध्यक्षमा कांग्रेस विजयी भएको छ ।
कांग्रेसका धिरेन्द्र पुजारा ६ सय ५७ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लखीचन्द्र बोहराले ४ सय ८७ मत ल्याए ।
२०७९ को स्थानीय तह निर्वाचनमा उक्त वडाको अध्यक्षमा एमालेका सर्जनबहादुर बोहरा विजयी भएका थिए ।