काँग्रेसको किल्ला भत्काएर माओवादीले जित्यो ग्रामथान गाउँपालिका अध्यक्ष

काठमाण्डु टुडे २०८१ मंसिर १७ गते ८:५८ मा प्रकाशित

मोरङ, १७ मंसिर- मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष माओवादी केन्द्रले जितेको छ ।

माओवादीका नमोनारायण माझी ६ हजार ९ सय ६९ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बलराम सरदार थारुले ५ हजार ३ सय ३३ मत ल्याए ।

यस्तै एमालेका तुलसीराम विश्वासले ४ हजार १ सय ५९, राप्रपाका दिनेशकुमार थन्दारले ५ सय ५५, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवीनकुमार विश्वास खवासले ३ सय ७५ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उक्त गाउँपालिका अध्यक्षमा २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसका जयप्रकाश गच्छदार विजयी भएका थिए । ग्रामथान काँग्रेसको पुरानो किल्ला मानिन्छ । यसअघि उक्त गाउँपालिकामा माओवादी तेश्रो भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us