नलगाड नगरपालिका उपाध्यक्षमा माओवादी जिततर्फ उन्मुख

काठमाण्डु टुडे २०८१ मंसिर १७ गते ७:३१ मा प्रकाशित

जाजरकोट, १७ मंसिर-जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखमा नेकपा माओवादी केन्द्रले अरु उम्मेदवारको तुलनामा फराकिलो अग्रता बनाएको छ ।
माओवादी उम्मेदवार देवका लामिछाने प्रतिस्पर्धीभन्दा करिब १ हजार मतले अगाडि छन् । वडा नम्बर १ देखि ७ सम्मको मतगणना सकिँदा लामिछानेले २ हजार ७ सय २१ मत ल्याएकी छन् । काँग्रेसकी इन्द्रा चन्द सिंह १ हजार ७ सय ५३ मतसहित लामिछानेलाई पछ्याइरहेकी छन् ।
यस्तै एमालेकी सुनिता बोहराले १ हजार ४ सय ३, रास्वपाकी पार्वती पुनले १ सय २९, राप्रपा नेपालकी सुनिता पुन रालले ४१ र नेपाल समाजवादी पार्टीकी पवित्रा जैसीले १३ मत पाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us