एकीकृत समाजवादीबाट एमाले फर्किए, काँग्रेसलाई हराउँदै पालिका अध्यक्ष जिते

काठमाण्डु टुडे २०८१ मंसिर १७ गते ६:५७ मा प्रकाशित

दैलेख, १७ मंसिर- दैलेखको महाबु गाउँपालिका अध्यक्षमा एमालेका जंगबहादुर शाही विजयी भएका छन् ।

शाही ३ हजार १२७ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका झलकबहादुर भण्डारीले २ हजार ६ सय ७५ मत पाएका छन् ।
माओवादीका केन्द्रका दजंगबहादुर बरालले ८ सय ४२, रास्वपाका प्रकाशकुमार बुढाले १ सय १२, नेमकिपाका दुर्गबहादुर मगरले ५३ र राप्रपाका सुर्जे रावतले ४७ र एकीकृत समाजवादीका जगतबहादुर हमालले ४ मत पाएका छन् ।

यसअघि २०७९ को निर्वाचनमा उक्त गाउँपालिका काँग्रेसले जितेको थियो । काँग्रेसका लछुमन गुरुङ निर्वाचित हुँदा अहिले निर्वाचित शाही एकीकृत समाजवादीबाट उम्मेदवार थिए ।

त्यतिबेला शाही तेश्रो भएका थिए । यसअघि भने उनी निर्वाचनको मुखमा एमाले फर्किएका थिए ।

पार्टीमा फर्किएलगत्तै एमालेले उनलाई अध्यक्षको टिकट दिएको थियो । ०७४ मा भने शाही पालिका अध्यक्ष निर्वाचित भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us