
काठमाण्डु, १२ भदौ संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले लिबियामा तत्काल युद्धबिराम गर्नुपर्ने प्रस्ताव पारित गरेको छ ।
प्रस्तावमा युद्ध बिराम नभए ब्यापक प्रतिबन्ध लगाइने उल्लेख भएको बीबीसीले जनाएको छ ।
परिषदले त्रिपोली र बेनगाजीमा बढेको हिंसाप्रति चिन्ता व्यक्त गरेको छ । ती सहरमा चरमपन्थी समूह, लडाकु र सेनका विभिन्न गुटबीच युद्ध जारी छ । सुरक्षा परिषद्ले राजनीतिक वार्ताबाट समस्याको समाधान निकाल्न अपिल गरेको छ । परिषदले युद्ध नरोकीए यात्रा तथा सम्पति रोक्कालगायतका प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।