काठमाण्डु, १२ भदौ– इबोला भाइरस नियन्त्रण गर्न सरकारले ठूला अस्पतालमा आइसोलेसन वार्ड विशेष उपकरण जडित छुट्टै कक्ष स्थापनाको तयारी गरेको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेक्स सञ्चालनमा ल्याएको दुई सातामा आइसोलेसन वार्ड स्थापनाको तयारी भएको हो ।
दुई सयभन्दा बढी शय्या भएका अस्पतालमा त्यस्ता वार्ड बनाउन सरकारले निर्देशन दिइसकेको छ । १ भदौबाट विमानस्थलमा हेल्थ डेक्स सञ्चालनमा ल्याइएको थियो ।
स्वास्थ्य सेवा विभागको इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। बाबुराम मरासिनीले उपत्इकाका केही अस्पतालले वार्ड स्थापना अन्तिम चरणमा पुर्याएको र बाँकी अस्पतालले पनि तयारी गरिरहेको बताएको छ ।
महाशाखाका अनुसार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, नर्भिक अस्पताल, बी एन्ड बी अस्पताल तथा धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वार्ड स्थापनाको तयारी भइसकेको छ ।
नयाँ पत्रिकाबाट