आँसुले बगायो तीज

काठमाण्डु टुडे २०७१ भदौ १२ गते २:३७ मा प्रकाशित

कञ्चनपुर, १२ भदौ–  घरभरि छोरी ज्वाँइ र नातिनातिना । बिहानैदेखि साँझसम्म दर खुवाउँदै व्यस्त । बरु ऋण किन नलागोस लोकल कुखुराको मासु, खाने पिउने व्यवस्था । साँझ ढल्किएपछि आँगनमा तीनको छुट्टै रौनक ।

विगतका यी तीज ६५ वर्षीया देवीसरा कामीका लागि अब संझनामा मात्र सिमित भएका छन् । चार छोरीकी आमा उनी तीजको बेला आफूलाई निकै सम्पन्न ठान्थिन । बिहेवारी गरेर आ-आफ्नो घर गएका उनीहरु माइत फर्किदा घर भरिभराउ हुन्थ्यो । अव त छोरीचेलीलाई डाकौं भने घर पनि छैन के को तीन मान्नु ।

वीरेन्द्रनगरस्थित जनउमाविमा आश्रय लिएर बसेकी उनले भनिन् बुढेसकालमा आएर यसपटकको तीजले पाप बोकायो । खोर्केखोलाको सबैभन्दा बढी घरजग्गा बाढीले बगाएपछिविस्थापित भएर बस्नुपरेको उनले बताईन । दुई साताअघि बाडीले घरविहिन बनाएपछि देवीसराजस्ता थुप्रै महिलाहरुको तीज खल्लो भएको छ ।घरभरि छोरी ज्वाँइ र नातिनातिना । बिहानैदेखि साँझसम्म दर खुवाउँदै व्यस्त । बरु ऋण किन नलागोस लोकल कुखुराको मासु, खाने पिउने व्यवस्था । साँझ ढल्किएपछि आँगनमा तीनको छुट्टै रौनक ।

विगतका यी तीज ६५ वर्षीया देवीसरा कामीका लागि अब संझनामा मात्र सिमित भएका छन् । चार छोरीकी आमा उनी तीजको बेला आफूलाई निकै सम्पन्न ठान्थिन । बिहेवारी गरेर आ-आफ्नो घर गएका उनीहरु माइत फर्किदा घर भरिभराउ हुन्थ्यो । अव त छोरीचेलीलाई डाकौं भने घर पनि छैन के को तीन मान्नु ।

वीरेन्द्रनगरस्थित जनउमाविमा आश्रय लिएर बसेकी उनले भनिन् बुढेसकालमा आएर यसपटकको तीजले पाप बोकायो । खोर्केखोलाको सबैभन्दा बढी घरजग्गा बाढीले बगाएपछिविस्थापित भएर बस्नुपरेको उनले बताईन । दुई साताअघि बाडीले घरविहिन बनाएपछि देवीसराजस्ता थुप्रै महिलाहरुको तीज खल्लो भएको छ ।

नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us