काठमाण्डु, १२ भदौ– संविधानसभाको तेस्रो ठुलो दल एकीकृत नेकपा माओवादीभित्र देखा परेको आन्तरिक बिबाद समाधानतिर जान नसकेपछि बर्तमान केन्द्रीय समिति
बिघटन गरी विशेष महाधिवेशन आयोजक समिति बनाइने भएको छ।
पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पोलिटब्युरो तहसम्मका नेताहरुको अनौपचारिक बैठकमा पदाधिकारी, स्थायी समिति, पोलिटब्युरोसहित केन्द्रीय समिति विघटन गरी बर्ष दिनभित्रै बिशेष महाधिवेसन गर्नका लागि आयोजक समिति बनाउने तयारी सुरु गरेको हो। यद्यपी, त्यसको औपचारिक निर्णय भने भईसकेको छैन।
प्रवक्ता दीननाथ शर्माले बिशेष महाधिवेशन गर्ने पुर्ववतः निर्णय अनुसार बर्ष दिनभित्रै सो महाधिवेशन गर्ने बारेमा अनौपचारिक बैठकमा भद्र सहमति भएको बताए। असोज १ गते देखी सुरु हुने केन्द्रीय समिति बैठकले बिशेष महाधिवेशनको घोषणा गर्न सक्नेछु प्रवक्ता शर्माले भने, त्यसका लागि सोही बैठकले नै केन्द्रीय समिति भंग गरी आयोजक समिति बनाउन सक्नेछ। त्यसको औपचारिक निर्णय नभए पनि त्यसतर्फ पार्टी गएको प्रवक्ता शर्माले बताए।
बिराटनगर सम्मेलनवाट औपचारिक रुपमा नै सुरु भएको अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराई पक्षवीचको बिबाद हल हुनुको सट्टा थप चर्किदै गएपछि एमाओवादीले त्यसलाई हल गर्न पोलिटब्युरो तहसम्मका नेतालाई अनौपचारिक छलफलका लागि मुख्यालय बोलाएको थियो। बिराटनगर सम्मेलनमा नै भट्टराईसहित अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बिशेष महाधिवेसनमार्फत पार्टीभित्रको बैचारिक र सांगठानिक समस्या हल गर्न माग गर्दै आएका थिए।
नागरिक दैनिकबाट