रुकुम, ११ भदाै – तीज मनाउन माइत हिँडेकी श्रीमतीलाई रुकुममा आफ्नै श्रीमानले घाँटी थिचेर हत्या गरेका छन् ।
गरायला–४ की २७ वर्षकी विमला ओलीलाई उनकै श्रीमान प्रजित ओलीले गरेका हुन् । घरबाट दुली गाविस ९ मा रहेको माइतीमा हिँडेकी विमलालाई प्रजितले मौराखाराको जंगलमा हत्या गरि श्रीमतीलाई भीरमा खसालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रजितलाई इलाका प्रहरी कार्यालय चौरजहारीको टोलीले पक्राउ गरेको छ ।