बाँके, ११ भदौ– नातीले लाठी प्रहार गर्दा बनकटुवा–४ बस्ने ६५ बर्षीय विश्राम थारुको मृत्यु भएको छ ।
उनलाई बुुधबार १८ बर्षीय नाति बासुदेव थारुले सामान्य विवादमा लाठीले प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि मेडिकल कलेज कोहलपुर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो ।
फरार रहेका बासुदेव थारुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।