तीज सुरु, आज दर खाइँदै

काठमाण्डु टुडे २०७१ भदौ ११ गते ४:१२ मा प्रकाशित

काठमाण्डु, ११ भदौ– हिन्दू नेपाली महिलाहरुको महान चाड हरितालिका तीन आजबाट सुरु भएको छ ।
NEPAL HINDU FESTIVALतीजको पहिलो दिन आज घरघरमा दर खाने चलन छ । भोलि विवाहित महिलाले पतिको दीर्घायु र सुस्वास्थ्य तथा अविवाहितले असल पति पाउँ भन्ने कामनासहित ब्रत बस्छन् ।

हिमालय पर्वतकी पुत्री पार्वतीले ब्रत बसेका कारण महादेव पति पाएको विश्वासमा महिलाहरु तीजमा ब्रत बस्ने गर्दछन् । ब्रतको अघिल्लो दिन दर खाने प्रचलन छ । भोलिपल्ट दिनभर निरहार ब्रत बस्ने भएकाले अघिल्लो रात मीठामीठा परिकार खाएर ब्रत बस्ने गरिएको छ ।

पछिल्लो समय सहरबजारमा तीजअघि नै दरखाने प्रचलन सुरु भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us