काठमाण्डु, १० भदौ–एकीकृत माओवादी नेता बाबुराम भट्टराईले प्रधानमन्त्री सुशील कोइरालालाई भेटेका छन् ।
कोइराला भेट्न भट्टराई मंगलबार राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । प्रधानमन्त्री कोइरालाले भट्टराईलाई सत्तारुढ दलसँग वार्ता र छलफलमा नबस्ने निर्णयबाट पछि हट्न आग्रह गरेका थिए ।
जवाफमा भट्टराईले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उच्चस्चरीय राजनीतिक समितिको संयोजक बनाउन माग गरे । संविधानसभाअन्तर्गतको संवैधानिक राजनीतिक संवाद समितिका सभापतिसमेत रहेका भट्टराईले चारबँदे सहमति कार्यान्वयन नहुँदा संविधान निर्माणकार्यमा जटिलता आएको भन्दै प्रधानमन्त्री कोइरालाको ध्यानाकर्षण गराएको उनको निजी सचिवालयले जनाएको छ ।
उच्चस्तरीय समिति गठनसहित चारबुँदे सहमति पालना नगरेको भन्दै एमाओवादीले सत्तारुढ दलसँग वार्ता र छलफलमा नबस्ने घोषणा गरेको छ ।