राष्ट्र बैंकसँग लगानीकर्तालाई हतोत्साही नहुन आग्रह

काठमाण्डु टुडे २०७१ भदौ १० गते १०:४९ मा प्रकाशित

काठमाण्डु, १० भदौ – अर्थ मन्त्रालयका सह–सचिव कृष्ण देवकोटाले हालै नेपाल राष्ट्र बैंकले जारी गरेको नियमनका कारण बैंक तथा वित्तीय संस्थाहरुका लगानीकर्ताहरुलाई हतोत्साही नहुन आग्रह गरेका छन् ।

krishnaमंगलबार रिपोर्टर्स क्लब नेपालद्धारा नेपाल राष्ट्र बैंकद्धारा हालै जारी गरिएको परिपत्रबारे प्रस्ट पार्न आयोजना गरिएको साक्षात्कार कार्यक्रममा बोल्दै देवकोटाले नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय नियमन विभागद्धारा जारी गरिएको परिपत्रबाट लगानीकर्ताहरुलाई नआत्तिन आग्रह गरेका छन् । देबकोटाले अहिले नै साना तथा मझौला लगानीकर्ताहरु अत्तालिए ठूला लगानीकर्ताहरुले फाईदा लुट्ने समेत बताएका छन् ।

देबकोटाले शेयर बजार बचाउन सरकार जहिले पनि सकारात्मक रहेको भन्दै लगानीकर्ताहरुलाई हतोत्तसाहि नबन्न आग्रह गरेका छन् ।

त्यस्तै नेपाल सरकारका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले पनि नेपाल राष्ट्र बैंकले जारी गरेको नियमनका कारण लगानी कर्ताहरु अत्तालिन नहुने धारणा राखेका छन् । क्षेत्रीले नियमन जारी गर्दा स्टक मार्केटलाई ध्यानमा राख्नुपर्ने भन्दै अहिले जारी गरिएको परिपत्रबाट लगानीकर्ताहरु हत्तालिनु नहुने बताएका छन् । शेयर बजारमा उतार चढाव आउँछ ।

नेपाल ईन्भेष्टर्स फोरमका अध्यक्ष राजकुमार तिमिल्सिनाले धितो पत्र बोर्डको नालायकीपनको कारण अहिलेको शेयर बजार अस्तव्यस्त भएको आरोप लगाएका छन् । तिमिल्सिनाले नेपाल राष्ट्र बैंकले स्टक मार्केटलाई तहसनहस पार्न नयाँ नीति ल्याएको भन्दै लगानी मैत्री नीतिको आवाश्यकत्ता रहेको बताएका छन् । उनले अहिलै नै लगानीकर्ताहरु आत्तिहाल्नुपर्ने अवस्था नभएको समेत बताएका छन् ।

ब्रोकर एशोसियशनका अध्यक्ष नरेन्द्र सिजापतीले पनि नेपाल राष्ट्र बैंकले लगानीकर्ताहरुलाई हतोत्साहित हुने गरी नियमन जारी गर्दा यस्तो समस्या आएको बताएका छन् । उनले अहिलेको नियमन लगानीमैत्री नभएको आरोप लगाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us