
काठमाण्डु, १० भदौ– चार बुँदे सहमति कार्यान्वनको माग पुरा नगरे संसद अवरुद्ध पार्ने एकीकृत माओवादी नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले चेतावनी दिएको छ ।
सहमति कार्यान्वयनका लागि सत्तारुढ दललाई दबाब दिने रणनीति बनाउन एमाओवादीले आफू नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चासँग छलफल गरेकाे हाे ।
उसले मङगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मोर्चाको बैठक बसेकाे हाे । एमाओवादीका प्रमुख सचेतक गिरिराजमाणि पोखरेलले संसद बैठक अवरुद्ध गर्ने बैठकले निर्णय गरेकाे बताए ।
सत्तारुढ काँग्रेस–एमाले संविधानसभा निर्वाचनपछि प्रमुख दलहरुबीच गत पुसमा भएको चार बुँदे सहमतिअनुसार उच्चस्तरीय राजनीतिक समिति गठनका लागि तयार नभएछि माओवादीले ती दलसँगको वार्ता र छलफल अस्वीकार गरेको हो ।
एमाओवादीले काँग्रेस–एमाले सहमतिबाट पछि हटेको भन्दै सहमति कार्यान्वयन नभएसम्म वार्ता र छलफलमा नबस्ने घोषणा गरेको छ ।