काठमाण्डु, १० भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आंशकामा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीमाथि अनुसन्धान थालेको छ ।
बालुवा खानी सञ्चालनदेखि पशुपतिनाथ मन्दिर परिसरको पार्किङसम्ममा अनियमितता भएको उजुरीका आधारमा अख्तियारले कोषका सदस्यसचिव गोविन्द टण्डन, निर्देशक भोला सिटौलालगायतलाई अनुसन्धानको दायरामा ल्याएको हो ।
पशुपतिनाथ मन्दिरको सञ्चालन र व्यवस्थापनका लागि गठित कोषमा आर्थिक उजुरीका आधारमा छापा मारी कागजात नियन्त्रणमा लिइसकिएको छ । अख्तियारले सोमबार टण्डन र सिटौलासँग बयान लिएको छ ।