उच्चस्तरीय समितिबारे उच्चस्तरीय किचलो

काठमाण्डु टुडे २०७१ भदौ १० गते २:४९ मा प्रकाशित

काठमाण्डु, १० भदौ– प्रमुख दलहरु उच्चस्तरीय राजनीतिक समिति बनाउने/नबनाउने विवादमा अल्झेका छन् ।

pm 3 dal
समिति बनाउने पुर्वसहमति कार्यान्वयन नभए वार्तामै नबस्ने एमाओवादीको अडानले संविधानमा सहमति खोज्ने पहलसमेत प्रभावित भएको छ ।

सत्तारुढ दलहरुको सोमबार बसेको बैठकमा पनि संविधान निर्माणका विषयभन्दा उच्चस्तरीय समितिबारे नै छलफल केन्द्रित भयो । कांग्रेस,एमाले,राप्रपा र मालेका नेताहरु सहभागी बैठकले संविधानसभाभित्रैबाट सबै समस्या समाधान गर्न सकिने भन्दै उच्चस्तरीय समिति बनाउनु आवश्यक नरहेको निष्कर्ष निकालेको थियो ।
स्रोतका अनुसार कांग्रेस महामन्त्री कृष्ण सिटौलालगायत केही नेताले मात्र एमाओवादी अध्यक्ष प्रचण्डलाई समितिको अध्यक्ष बनाए संविधानका विवादित विषयमा सहमति जुटाउन सहज हुने बताएका थिए ।

संवैधानिक हैसियतको नभई अनौपचारिक तहको राजनीतिक समिति बनाएर त्यसलाई शान्तिप्रक्रियाका बाँकी काम सम्पन्न गर्ने र संविधान निर्माणमा सघाउने गरी कार्यक्षेत्र तोक्न सकिने उनीहरुको तर्क थियो ।
एमाले नेताहरुले समितिभन्दा पनि संविधानसभाभित्रैबाट सहमति खोज्न सकिने बताएपछि बैठक समिति बनाउने निष्कर्षमा पुगेको हो । यसबारे एमाले पदाधिकारीको सोमबारको बैठकमा पनि समीक्षा भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us