काठमाण्डु, १० भदौ––कैदीले जेलभित्रै श्रीमतीसँग शारीरिक सम्पर्क राख्न पाउने भएका छन् ।
सरकारले यौनसम्पर्क राख्ने कोठासहित नयाँ कारागार निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ । कैदी–बन्दीको प्रजनन अधिकारका लागि कारागार व्यवस्था विभागले श्रीमतीसँग शारीरिक सम्पर्क राख्न दिने गरी नुवाकोटमा नयाँ कारागार निर्माण थालेको छ ।
श्रीमान र श्रीमती दुवैजना जेल परेकाले मात्र यस्तो सुविधा लिन पाउनेछन् । ‘अदालतको आदेशअनुसार हामीले कैदीबन्दीको प्रजनन अधिकार सुनिश्चित गर्न लागेका हौं,’ कारागार व्यवस्था विभागका महानिर्देशक शम्भु कोइरालाले भने, ‘नुवाकोट कारागारमा त्यसका लागि दुई–तीनवटा कोठा बनाउँनेछौं ।’
गत वर्ष सर्वोच्च अदालतले कैदी बन्दीको प्रजनन अधिकार दिन आदेश दिएको थियो । त्यसैको कार्यान्वयनका लागि सरकारले नयाँ कारागारमा शारीरिक सम्पर्कका लागि जेलभित्रै छुट्टै कोठा बनाउन लागेको हो ।
तर कार्यान्वयनमा आउन भने करिब पाँच वर्ष लाग्ने कारागार व्यवस्था विभागका महानिर्देशक कोइराला बताउँछन् । नयाँ पत्रिकाबाट