दुईपटक नजिता प्रकाशित भएकामा नेविसंघको आपत्ति

काठमाण्डु टुडे २०७१ भदौ ९ गते १३:५९ मा प्रकाशित

काठमाण्डु, ९ भदौ– काँग्रेस निकट नेपाल विद्यार्थी संघले इन्जिनियरिङ अध्ययन संस्थाले यस वर्षको प्रवेश परीक्षाको नतिजा दोहोर्याएर प्रकाशन nebi sanghगरेकामा आपत्ति जनाएको छ ।
नेविसंघ अध्यक्ष रञ्जित कर्णले सोमबार विज्ञप्ति जारी गर्दै दोहोर्योएर नतिजा प्रकाशित गरेर संस्थानले विद्यार्थीको जीवनमाथि खेलवाड गरेको आरोप लगाएका छन् ।

सभासदसमेत रहेका कर्णले नतिजा प्रकाशनमा भएको लापरबाहीबारे छानबिन गर्न त्रिभुवन विश्वविद्यालय र शिक्षा मन्त्रालयसँग मागसमेत गरेका छन् । संस्थानले प्रवेश परीक्षाको नतिजा पहिलोपटक भदौ ६ र दोश्रोपटक ८ गते प्रकाशित गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us