श्रीमान मलेसियाबाट एयरपोर्ट झर्ने बित्तिकै श्रीमती अर्कैसँग टाप

काठमाण्डु टुडे २०७१ भदौ ९ गते १२:३९ मा प्रकाशित

काठमाण्डु, ९ भदौ– वैदेशिक रोजगारीबाट फर्कंदै गरेका श्रीमान लिन भन्दै काठमाण्डु आएकी एक महिला बेपत्ता भएकी छन् ।

bima
मलेसियाबाट स्वदेश फर्केका गोरखा ताकुकोटका सुरेश बरामकी श्रीमती बीमा हराएकी हुन् । आफू विमान चढ्नुअघि टेलिफोनमा  कुरा भए पनि काठमाण्डु आइपुग्दा श्रीमती बेपत्ता भएको बरामले बताए ।

बरामले आफूले मलेसियामा बसेर चार वर्षमा कमाएको सबै पैसा बोकेर श्रीमती अन्तै गएको जनाए । ‘विदेशमा दु:ख गरेर कमाएको पैसाले स्वदेश फर्किएर केही काम गर्छु र परिवारलाई सुख दिन्छु भनेर आएको थिए’, बरामले भावुक हुँदै काठमाण्डु टुडेसँग भने, ‘तर मैले कमाएर पठाएको पैसा एक सुका पनि बाँकी नराखी अन्तै गइछ ।’

उनले आफूले मलेसियाबाट पैसा सीधै बीमाको बैंक खातामा राख्ने गरेको बताए । सुरेशले आफूसंगै पहिला मलेसियामा काम गरेका पूर्वतिरका एक युवकसँग बीमा भागेको बताए ।

उनले अर्कैसँग गएकी बीमाको मतलब नभए पनि आफूले दु:ख गरेर कमाएको पैसा भने जसरी पनि फिर्ता लिने अठोट व्यक्त गरे । गरगहना र पैसासमेत बोकेर हिंडेपछि परिवार पाल्न र बच्चा पढाउनसमेत धौधौ परेको गुनासो उनले गरे ।

सुरेश र बीमामा ९ र १४ वर्षका दुई छोरा छन् । नेपाल आएको चीन दिन बिते पनि उनी घर जान सकेका छैनन् । गोरदा सदरमुकामस्थित आफन्तको घरमा बसेका उनले घर जान मन नलागेको उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us