काठमाण्डु, ९ भदौ– संसदीय समितिका सभापतिहरुको निर्वाचन आगामी बुधबार हुने भएको छ ।
संसद सचिवालयले सोमबार एक सूचना जारी गर्दै निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।
संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जारी गरेको सूचनामा भदौ १० गते बुधबार बेलुकी ५ बजेदेखि निर्वाचन सुरु हुने उल्लेख छ ।
सार्वजनिक लेखा समिति बाहेकका नौ विषयगत समिति, विधायन समिति र संसदीय सुनुवाई विशेष समितिको सभापतिका लागि चुनाव हुनेछ ।
त्यसका लागि मंगलबार बिहान १० बजेदेखि पाँच बजेसम्म उम्मेदवारको प्रस्ताव दर्ता, साढे पाँच बजे सूची प्रकाशन गर्ने कार्यतालिका छ ।