अश्लील नृत्य प्रस्तुत गरेको आरोपमा पक्राउ परेका तीन महिला रिहा

काठमाण्डु टुडे २०७१ भदौ ९ गते १०:२७ मा प्रकाशित

सप्तरी, ९ भदौ– सप्तरीमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा पक्राउ परेका तीन महिला धरौटीमा छुटेका छन् ।

जिल्लाको जमुनी मधेपुराबाट अश्लील नृत्य गरिरहेको अवस्थामा एक साताअघि पक्राउ परेका उनीहरु जनही एक हजार रुपैयाँ धरौटी तिरेर  रिहा भएका हुन् ।

कृष्ण जन्माष्टमीका अवसरमा गत भदौ २ गतेराति आयोजित सांस्कृतिक कार्यक्रममा अश्लील नृत्य प्रस्तुत गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।

उनीहरुविरुद्ध प्रहरीले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाएको थियो । पक्राउ परेकाको नाम र ठेगाना प्रहरीले सार्वजनिक गरेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us