‘जनजातिले खाँदै आएको गार्इ होइन, कुकुरलाई बनाऔं राष्ट्रिय जनावर’

काठमाण्डु टुडे २०७१ भदौ ९ गते ९:३५ मा प्रकाशित

काठमाण्डु, ९ भदौ–राष्ट्रिय जनमुक्ति पार्टीका सभासद शिवलाल थापाले कुकुरलाई राष्ट्रिय जनावर घोषणा गर्न माग गरेका छन् ।

dog
व्यवस्थापिका–संसदको सोमबारको बैठकमा बोल्दै उनले जनजातीले सदियौंदेखि काटेर खाँदै आएको गाईलाई राष्ट्रिय जनावार मान्न नसकिने बताए । उनले गाई काटेर खानु जनजातिहरुको परम्परा भएको दाबी गरे ।

  ‘जनजातिले खाँदै आएको गाईलाई किन राष्ट्रिय जनावर किन बनाउने ?’ उनको पश्न थियो, ‘कुकुर वा अरु जनावारलाई किन जनावरलाई बनाउन सकिन्न ?’

उनले गोरखामा गाई काटेर खाएको आरोपमा प्रहरीले पञ्चायतकाल बिर्साउने गरी गोली हानेर  एक जनाको हत्या भएको भन्दै आपत्ति जनाए । उनले ती प्रहरीलाई कारबाहीको माग गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us