बाबुले आफ्नै छोरी बलात्कार गरेपछि………

काठमाण्डु टुडे २०७१ भदौ ९ गते ९:०२ मा प्रकाशित

काभ्रे, ९ भदौ– काभ्रेको पनौती नगरपालिका– २ की एक युवतीले आफ्नै बाबुले बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी दिएकी छन् ।

२१ वर्षीया ती युवतीले बाबुले आफूलाई पटकपटक जवर्जस्ती बलात्कार गरेको आरोपमा मुद्धा दायर गरेकी हुन् । जाहेरी दिनुअघि युवतीले विष सेवन गरी आत्हमत्या प्रयास गरेकी थिइन् । काभ्रे प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण बीसीले घटनाबारे अनुसन्धान थालिएको बताए ।

उनका अनुसार पीडित युवतीलाई स्वास्थ्य परीक्षणका लागि पठाइएको छ । उनले आरोपी युवतीका बाबुलाई नियन्त्रणमा लिएको जानकारी दिए । आरोपीका दुई श्रीमती छन् । जाहेरी दिने युवती जेठीतर्फकी छोरी हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us