न्यायाधीश लाललाई किन भयो सुरक्षा थ्रेट ?

काठमाण्डु टुडे २०७१ भदौ ९ गते ३:१५ मा प्रकाशित

काठमाण्डु, ९ भदौ– सर्वोच्च अदालतका न्यायाधीश गिरीशचन्द्र लाललाई थप सुरक्षा दिइने भएको छ ।
सर्वोच्च अदालत प्रशासनले अदालत तथा सुरक्षा समन्वय प्रबन्ध एकाइका प्रमुख एसपी विश्वनिरन्जन प्रधानलाई लालसहितका केही न्यायाधीशलाई थप सुरक्षा उपलब्ध गराउन निर्देशन दिएको हो ।

सर्वोच्च अदालत प्रशासनबाट निर्देशन प्राप्त भएको जानकारी एसपी प्रधानले महानगरीय प्रहरी आयुक्त कार्यालयका एआईजी विज्ञानराज शर्मा र ललितपुर परिसरका एसपी धनश्याम अर्याललाई गराएका थिए । न्यायाधीश लालको नख्खुस्थित निवासमा अहिले पनि नियमत सुरक्षाकर्मी खटिएका छन् ।
‘न्यायाधीशहरुको सुरक्षा गर्नु हाम्रो जिम्मेवारी हो, एसपी प्रधानले भने, ‘अहिले भइरहेको भन्दा पनि निगरानी बढाउन निर्देशन भएको छ।’ ललितपुरका प्रहरी प्रमुख एसएसपी पुष्प रन्जितले लालको घर जाने बाटोमा समेत थप निगरानी बढाइने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us