झरेको मोबाइल टिप्न जाँदा ७ घन्टासम्म ढुंगाको चेपमा उँधोमुन्टो भइन् युवती

काठमाण्डु टुडे २०८१ कार्तिक ९ गते १३:२५ मा प्रकाशित

एजेन्सी–  अष्ट्रेलियाको ब्रिसबेनमा ढुंगाको चेपमा खसेको मोबाइल झिक्न खोज्दा एक युवती घन्टौंसम्म चेपमा उँधोमुन्टो भएकी छन् । यो घटना यही महिनाको शुरुको रहेको खुलेको छ ।

उद्धारकर्ताहरूले उद्धार गर्नु अघि तिनी ७ घन्टासम्म चेपमा फसेको बताइएको छ । न्यू साउथ वेल्स (एन्एसडब्ल्यू) एम्बुलेन्स सर्भिसले सामाजिक सञ्जालमा गएको सोमबार पोष्ट गरेको फोटोमा युवतीको जुत्ताको सोल मात्रै देख्न सकिन्छ ।

युवती सिड्नीबाट ७५ माइल पर रहेको हन्टर भ्यालीको लागुनास्थित एक निजी क्षेत्रमा साथीभाइसँग हिडिरहेकी थिइन् । यसै क्रममा उनको फोन झर्‍यो। फोन टिप्न खोज्दा चिप्लिएर उनी दुई विशाल ढुंगाको चेपभित्र खसिन् ।

चेप यति गहिरो थियो कि उनको साथीभाई समेत उनी भएको ठाउँसम्म पुग्न सकेनन् । उद्धारकर्ता निकायले महिलाको नाम औपचारिक रुपमा सार्वजनिक भने गरेको छैन । तर तिनी २३ वर्षीया युवती भएको एनएसडब्ल्यू प्रहरीले जनाएको छ ।

उनी फसेको स्थानमा फोनको सिग्नल पनि थिएन । उद्धारकर्मीहरू घटनास्थलमा आइपुग्दा युवतीको खुट्टा मात्रै देखिएको थियो । उनलाई बाहिर निकाल्न ७ घन्टासम्म अनवरत प्रयास भयो ।

हलचल गरिरहँदा युवती चेपको झन् भित्र पस्ने हो कि भनेर उनलाई नहल्लिकन बस्न भनिएको थियो । महिलाको खुट्टा भेट्टाउन उद्धारकर्ताहरूले ६ वटा विशाल ढुंगा हटाउनु परेको अधिकारीहरुले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us