यातना दिने श्रीमानद्वारा उल्टै श्रीमतीविरुद्ध उजुरी

काठमाण्डु टुडे २०७१ भदौ ९ गते २:४९ मा प्रकाशित

काठमाण्डु, ९ भदौ– श्रीमानको पीडा खेप्न नसकेर धेरै महिलाहरु न्यायलयको ढोका ढकढक्याउन पुग्ने गरेका घटना नौला होइनन् ।

तर श्रीमतीलाई मानसिक  र शारीरिक याताना दिएर उल्टै अदालतमा श्रीमानले मुद्धा दिएभन्दा पत्याउन गाह्रो पर्छ । यो कुनै दूरदराजको घटना नभर्इ राजधानीमै एउटी महिलाले खेप्दै आएको पीडा हो ।
कानुन व्यवसायमा सम्लग्न भएकै श्रीमानले आफ्नो श्रीमतीलाई याताना दिएर उल्टै जिल्ला अदालत काठमाण्डुमा घरेलु हिसांको मुद्दा दिएका छन् । ४० वर्षीया अनिता केसी आफूले भोग्नुपरेको मानसिक र शारीरिक यातनाविरुद्ध न्यायको खोजीमा थिइन ।

तर, कानुन व्यवसायको क्षेत्रमा लुरे नामले परिचित श्रीमान धनबहादुर केसीले काठमाण्डु जिल्ला अदालत, पुनरावेदन तथा काठमाण्डु महानगरपालिकामा उनको विरुद्ध मुद्दा दिएपछि अनिता अहिले तारेख धाउन समेत जनसक्ने अवस्थामा छिन् ।
नेपाल समाचारपत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us