
काठमाण्डु, ४ कात्तिक– इजरायलले उत्तरी गाजामा गरेको पछिल्लो आक्रमणबाट ७३ जनजाको मृत्यु भएको दाबी हमासले गरेको छ ।
उत्तरी गाजाको बेत लाहिया क्षेत्रमा इजरायलले शनिबार मध्यराति बम आक्रमण गरेको र त्यस क्रममा महिला र बालबालिकासहित ७३ जनाको मृत्यु भएको हमास अधिकारीलाई बीबीसीले जनाएको छ ।
आक्रमणबाट कयौं घाइते भएको तथा केही मानिस भत्किएका संरचनामा च्यापिएको समाचारमा उल्लेख छ ।
इजरायली सेनाले भने हमासले मारिएका मानिसहरुको संख्या बढाएर प्रचारबाजी गरेको आरोप लगाएको छ । उत्तरी गाजाको बेत लाहिया क्षेत्रमा इजरायली आक्रमणपछि इन्टरनेट र सञ्चार सेवा पूर्णरुपमा विच्छेद भएको छ ।
प्यालेस्टिनी समाचार एजेन्सी वफाले इजरायलको आक्रमणबाट एउटा आवासीय क्षेत्र नष्ट भएको जनाएको छ ।