भारतमा एउटा मुर्रा भैंसीको मूल्य ३७ करोड !

काठमाण्डु टुडे २०८१ कार्तिक ३ गते १३:३३ मा प्रकाशित

एजेन्सी– भारतको हरियाणा प्रान्तस्थित सिरसा जिल्लामा बस्ने पलविन्दर सिंह नामका किसानले पालेको मुर्रा जातको अनमोल नामको भैंसीको मूल्य २३ करोड भारु अर्थात् झण्डै ३७ करोड नेपाली रुपैयाँमा खरिद गर्न मानिसहरू तयार भएका छन । तर, पलविन्दर भने अनमोललाई बेच्न अझै पनि तयार भएका छैनन् ।

यहाँ कुरा केवल एउटा भैंसीको मात्र होइन । कुनै पनि प्रजातिका जीवमा जब कुनै एउटा जीव वा उसका कोही उपप्रजाति अब्बल हुन्छन् भन्ने त्यसको माग उच्च रहन्छ ।

मुर्रा भैंसीको हकमा पनि यही लागू हुन्छ । आम रुपमा मुर्रा भैंसीको मूल्य एक डेढ लाखसम्म पर्न सक्दछ । तर, अनमोल नामको उक्त मुर्रा भैंसीले चाहिं त्यसको सयौं गुणा धेरै मूल्य पाएको छ । यसको अर्थ अनमोलमा अवश्य पनि केही त यस्तो विशेष होला जसले गर्दा त्यसको मूल्य करोडौंमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us