काठमाण्डु, ८ भदौ– किराँत राई पत्रकार संघको अध्यक्षमा दीपेन्द्र राई निर्वाचित भएका छन् ।
काठमाण्डुमा सम्पन्न संघको तेस्रो अधिवेशनले दुई वर्षे कार्यकालका लागि २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा गणेश साम्पाङ, उपाध्यक्षमा भोटराज राई, कुम्भराज राई र खुसी राई निर्वाचित भएका छन् ।
महासचिवमा प्रकाश खालिङ, सचिवमा बुद्धवीर बाहिङ, अवतार राई, भक्त राई र रीता राराहाङ चयन भएका हुन् ।
यसै गरी कोषाध्यक्षमा प्रकाश राई र सहकोषाध्यक्षमा विशाल राई रहेका छन् । सदस्यहरूमा डीबी खालिङ, गणेशकुमार राई, सरिता पुमा राई, सौखिन बान्तवा राई, भीम राई, प्रकाशसिं राई, सन्दीप झझल्को राई, सचिन राई, प्रतीक्षा बान्तवा, गोविन्द राई र अमित राई रहेका छन् ।
किरात राई पत्रकार संघ २०६४ मा स्थापना भएको हो । संघले राई समुदायका सञ्चारकर्मीको दक्षता अभिवृद्धि तथा क्षमता विकासका लागि पहल गर्दै आएको छ ।