त्रिवि, उमावि र सिटिइभिटीमा एकैसाथ अख्तियारको छापा

काठमाण्डु टुडे २०७१ भदौ ८ गते ८:०९ मा प्रकाशित

काठमाण्डु, ८ भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयका १३ विभाग, उच्च माध्यमिक शिक्षा परिषद र प्राविधिक akhtiyarशिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) मा एकैसाथ छापा मारेको छ ।

अख्तियारले भ्रष्टाचार भएको आशंकामा ती तीन निकायमा आइतबार एकैपटक छापा मारेर कागजात नियन्त्रणमा लिएको छ । अख्तियार प्रवक्त श्रीधर सापकोटाले तीनवटै निकायमा भ्रष्टाचारका एक हजारभन्दा बढी उजुरी परेकाले छापा मारिएको उल्लेख गरे ।

उनका अनुसार उजुरीमा शैक्षिक संस्थाहरुलाई सम्बन्धन दिने क्रममा करोडौं रकम लेनदेन भएको उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us