हमास प्रमुख याह्या सिन्वरको इजरायली डिफेन्स फोर्सद्वारा हत्या

काठमाण्डु टुडे २०८१ कार्तिक २ गते ७:२३ मा प्रकाशित

इजरायल- हमास प्रमुख याह्या सिन्वरको इजरायलको डिफेन्स फोर्सले हत्या गरेको छ ।

सिन्वरको इजरायली आक्रमणमा हत्या भएको पुष्टि भएको अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।

इजरायलको परराष्ट्र मन्त्रालयले एक्समा पोस्ट गर्दै इजरायल डिफेन्स फोर्सको अपरेसनका क्रममा गजापट्टिमा तीन जना मारिएको र तीमध्ये हमास प्रमुख सिन्वर हुन सक्ने सम्भावना रहेको बताएको थियो ।

शवको डिएनए परीक्षण गरिएकामा नतिजामा उक्त शव सिन्वरकै भएको पाइएको सिएनएनले जनाएको छ ।

एउटा भवनमा हमासका लडाकुहरू भएको आशंकामा इजरायली सेनाले ट्यांकबाट आक्रमण गरेको थियो ।

इजरायलले इस्माइल हनियेको हत्या गरेपछि ६१ वर्षीय सिन्वर गत वर्ष हमास प्रमुख चुनिएका थिए ।

हनियेको इरानी राष्ट्रपति मसुद पेजेस्कियानको शपथ ग्रहण समारोहमा सरिक हुन इरानको राजधानी तेहरान पुगेका बेला गत ३१ जुलाईमा हत्या भएको थियो ।

हमासका सैन्य कमान्डर मोहम्मद देइफको पनि गत वर्ष नै हत्या भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us