टर्कीमा ५.९ रेक्टर स्केलको भूकम्प

काठमाण्डु टुडे २०८१ असोज ३० गते २१:५८ मा प्रकाशित

इस्तानबुल– टर्कीमा नेपाली समयअनुसार बुधबार राति ५.९ रेक्टर स्केलको भूकम्प गएको छ ।

स्थानीय समयानुसार बुधबार बिहान १० बजेर ४६ मिनेटमा मालात्या प्रान्तको काले सहरमा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

भूकम्पबाट मानवीय क्षति भएको विवरण प्राप्त नभएको अधिकारीहरूले बताएका छन् ।

राज्यको एएफएडी विपद् व्यवस्थापन एजेन्सीले ५.९ रेक्टरको भूकम्प गएको जनाएको छ ।

भूकम्पबाट कुनै जनधनको क्षति नभएको बीबीसीले जनाएको छ ।

उक्त क्षेत्रमा गत वर्ष पनि ७.८ रेक्टर स्केलको विनाशकारी भूकम्प गएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us