छोरा र भतिजी आफैंले विष पिएछन्: विप्लव

काठमाण्डु टुडे २०७१ भदौ ८ गते ४:०३ मा प्रकाशित

काठमाण्डु, ८ भदौ– नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले कसैले खुवाएको नभई आफ्ना छोरा र भतिजी आफैंले विष सेवन गरेको biplavबताएका छन् ।
काठमाण्डु टुडेसँग कुरा गर्दै उनले घटनामा अर्को पक्षको संलग्नताको आशंका नरहेको बताए । कार्यकर्ता प्रशिक्षणका लागि पाल्पा हिंडेका विप्लव घटना थापा पाएपछि राति नै काठमाण्डु आएका थिए ।

‘कसैले खुवाएको होइन, उनीहरु आफैंले विष खाएका रहेछन्’, विप्लवले भने, ‘किन त्यसो गरे भन्नेबारेमा बुझ्दै छौं ।’

उनले आज बिहान आफूले छोरा र भतिजीलाई उपचार भइरहेको चावहिलस्थित ओम अस्पतालमा भेटेको बताए । यसअघि परिवारका सदस्यहरुले माक्र्स लगाएका तीन अज्ञात व्यक्तिले चावहिल मैजुबहालस्थित डेरामा डेरामा बसिरहेका बेला विप्लवका कान्छा छोरा नरेन्द्र र उनका माइला जादु जयन्द्रकी छोरी मन्जुलाई  शनिबार साँझ जवर्जस्ती विष सेवन गराएको दाबी गरेका थिए ।

विप्लवले दुवैको गएराति नै होस आएको र अवस्था सामान्य रहेको बताए ।
यसैबीच प्रहरीले विप्लवको डेराबाट सुसाइड नोट फेला पारेको छ । नोटमा के लेखिएको छ भन्नेबारे खुलाइएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us