स्नातक गरेकालाई भैंसी पाल्न दिँदैन नगरपालिका

काठमाण्डु टुडे २०७१ भदौ ८ गते २:२६ मा प्रकाशित

पोखरा, ८ भदौ– कृषिप्रधान देश भनिएको मुलुकमा दूधसमेत भारतबाट आयात हुन्छ ।
bhaisiखाद्यान्न र तरकारीको हालत पनि उस्तै छ । सरकारले कृषिलाई बढावा दिन यही वर्षको बजेटमा कृषि ऋण ६ प्रतिशतमा दिने नीति घोषणा गर्‍यो ।

तर पोखरा नगरपालिमा भने गाईभैंसी पाल्छु भन्ने युवालाई अपराधी व्यवहार गरिएको छ । विज्ञान वाणिज्यमा स्नातक गरेर पनि गाईभैंसी पाल्न तम्सिएका गुरुदत्त र माधव पौडेल अहिले नगरपालिकाकै कारण निराश छन् ।

पोखरा–५ मालेपाटनको नहरचोकमा गोठ बनाइसकेका उनीहरुलाई नगरपालिकाले कुनै हालतमा गाईभैंसी पाल्न नदिने बताएको हो । गतसाता मात्र गुरुदत्तलाई प्रहरीले गोठबाट पक्रेर लगेका थिए ।
नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us