कपिलबस्तु, ८ भदौ– जिल्लाको लवनी गाविस सानो सिसहनियामा दुई साताअघि दलित युवकले गाउँकी थारु युवतीलाई भगाएको घटनाले शनिबार उग्र रुप लिएको छ ।
केटी पक्ष र गाउँलेले उमेर नपुगेकी १६ वर्षीय किशोरी भगाएर १८ दिनदेखि बेपत्ता पारेको आरोप लगाउँदै दलित युवक रामनिवास हरिजनको परिवारलाई घेराउ गरी घरमै ताला लगाएका छन् ।
किशोरीको अवस्था थाहा पाउनु पर्ने भन्दै केटी पक्षले राखेको माग केटा पक्षले वास्ता नगरेपछि शनिबार गाउँलेले हरिजनको घरको ढोकामा भोटे ताल्चा लगाइदिएका हुन् ।
लवनी गाविसमा किशोरीका दाजुभार्इ दुई घर मात्रै थारु छन् ।
अन्नपूर्ण पोष्टबाट