किन खाए विप्लवका छोरा र भतिजिले विष ?

काठमाण्डु टुडे २०७१ भदौ ७ गते १६:३७ मा प्रकाशित

काठमाण्डु, ७ – भदौ मोहन वैद्य नेतृत्वको नेृकपा माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लवका छोरा र भजितीले विष सेवन गरेका छन् ।
चन्दका कान्छा छोरा नक्षत्र र भजिती मञ्जुले शनिबार विष सेवन गरेका हुन् ।

नक्षत्र १४ र मञ्जु १५ वर्षका छन् । मञ्जु विप्लवका माइला दाजु जयन्द चन्दकी छोरी हुन् । ललितपुरको कुसुन्ती बस्ने  उनी शनिबार मात्र काकाको घर चावहिल गएकी थिइन् । घटनाका बेला उनीहरु दुईजना मात्र डेरामा थिए ।

उनीहरुको काठमाण्डुको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ । दुवैलाई अस्पतालको आईसीयसु कक्षमा राखिएको छ ।

दुवैको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । उनीहरुले विष सेवन गर्नुको कारण स्पष्ट भएको छैन । यद्यपि पारिवारिक श्रोतले भने अज्ञात समूहले जवर्जस्ती विष खुवाएर हत्या प्रयास गरेको दाबी गरेको छ ।

साँझ ६ बजेको समयमा आएका तीनजना नचिनेका व्यक्तिले चावहिलमा रहेको चन्द निवासमै आएर जवर्जस्ती विष खुवाएर भागेको परिवारको दाबी छ ।

सचिव चन्द पार्टी कामका सिलसिलामा पाल्पा गएको र उनकी श्रीमती कपिलवस्तुस्थित घर गएकाले अरु कोही नभएका बेला घटना भएको बताइएको छ । उनीहरुलाई छिमेकीले उद्धार गरी अस्पताल पुर्याएकमा थिए । अचेत अवस्थामा रहेका दुवैको राति ११ बजे होेस खुलेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us