
काठमाण्डु, ७ भदौ – नेपाली काँग्रेस नेतृ सुजाता कोइरालाले संविधान जारी नहुँदा सम्म काँग्रेस एमालेले सहकार्य गर्नुपर्ने बताएकी छिन् ।
रिपोर्टर्स क्लब नेपाल जिल्ला शाखा तनहुँले दमौलीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेतृ कोइरालाले अहिले सुशिल कोइरालाको नेतृत्वको सरकारको विकल्प खोज्ने वेला नभएको भन्दै कोइरालाको नेतृत्वको सरकारले माघ ८ गतेभित्रै संविधान दिनेमा जोड दिएकी छिन् ।
कार्यक्रममा कोइरालाले काँग्रेसले एमालेसँग गरेको सहमती कार्यान्वयन गर्नेमा जोड दिईन् । उनले थपन्– सरकारले प्रभावकारी रुपमा काम गर्नुपर्छ । जनचाहना अनुसार सरकारले अझै काम गर्न सकेको छैन ।
उनले सरकारले गर्न लागेको २६ को मनोनित र राजदुतहरुको नियूक्तीमा विदेशमा बसेर ग्रिनकार्ड लिएकाहरुलाई भन्दा पनि नेपालमै बसेर राष्ट्रलाई योगदान पु¥याएका राष्ट्रिय व्यक्तित्वहरुलाई छान्नुपर्नेमा जोड दिईन् ।
उनले भनिन्–हाम्रै देशमा बसेर निरन्तर सक्रिय सेवामा समर्पित व्यक्तिहरु धेरै हुनुहुन्छ । उहाँहरुलाई त्यो ठाउँमा लग्नुपर्छ । विदेशमा बसेर आएकाहरुलाई हामीले प्राथमिकता दिनै हुँदैन । राजदुतहरुको नियुक्ती पनि तत्काल गर्नुपर्छ यसमा सरकार अल्झिनु हुँदैन ।