सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाण्डु टुडे २०७१ भदौ ७ गते ५:३३ मा प्रकाशित

काठमाण्डु, ७ भदौ– बारा, सुनसरी र चितवमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको ज्यान गएको छ ।

वीरगन्ज–पथलैया सडकखण्डअन्तर्गत बाराको छातापिपरामा गएराति भएको टाटासुमो दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएकी ललितादेवी चौधरीको शनिबार बिहान उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्युभए पछि मृतकको संख्या तीन पुगेको हो । काठमाण्डुबाट वीरगञ्ज आइहरहेको ना १ ज ४२६१ नम्बरको टाटासुमो र काठमाण्डु जाँदै गरेको ना ३ ख ५२९३ नम्बरको ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु
पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको डुम्रहा–६ भासीमा शुक्रबार साँझ बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटर साइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ ख ३०९१ नम्बरको बसले विपरित दिसाबाट आउँदै गरेको बा ५९ प ९७९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार धनकुटा बेलरा–४ का ३५ वर्षीय विकास विक र २५ वर्षीय जङगबहादुर विकको घटनास्थलमै मृत्यु भएको हो ।
ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
मोटरसाइकलको ठक्करबाट एक साइकलयात्रु ठहरै
यता चितवनको भरतपुरस्थित केन्द्रीय बसपार्कमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको ज्यान गएको छ ।

ना ३० प २०६१ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकलयात्री भरतपुर–११ का टोपबहादुर  रानाभाटको मृत्यु भएको हो ।
शुक्रबार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका रानाभाटको उपचारका क्रममा शिक्षण अस्पताल भरतपुरमा शनिबार बिहान मृत्यु भभएको चितवन प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us