पाकिस्तानमा सरकारविरोधी प्रदर्शन चर्कंदै

काठमाण्डु टुडे २०७१ भदौ ५ गते ३:५४ मा प्रकाशित

काठमाण्डु, ५ भदौ– सरकारविरोधी प्रदर्शन चर्किंदै गएका बेला पाकिस्तानका विपक्षीले प्रधानमन्त्री नवाज सरिफले पदबाट राजीनामा नदिएसम्म pakistanआन्दोलन नरोक्ने चेतावनी दिएका छन् ।
पूर्वअन्तर्राष्ट्रिय क्रिकेट खेलाडी तथा पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खान र धर्मगुरु ताहिर-उल-कद्रीले प्रधानमन्त्री सरिफको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन् ।

करिब सातादेखि जारी सरकारविरोधी प्रदर्शनका क्रममा बुधबार विपक्षी दलका कार्यकर्ताले संसद भवन घेराउ गरेका थिए । त्यसबाट संसद अवरुद्ध भएको थियो ।

उनीहरूले गत वर्ष भएको आमनिर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाएका छन् । प्रधानमन्त्री सरिफले भने  राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएर एक वर्षपछि निर्वाचनमा धाँधली भएको थियो भन्नु वाहियात भएको टिप्पणी गरेका छन् ।

सन् २०१३ को मेमा भएको आमनिर्वाचनमा प्रधानमन्त्री सरिफको दल पाकिस्तान मुस्लिम लिग विजयी भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us