प्रचण्डले भने – सरकार दर्शक जस्तो

काठमाण्डु टुडे २०७१ भदौ २ गते ९:२२ मा प्रकाशित

काठमाण्डु, २ भदौ – प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार दर्शक जस्तो बनेको आरोप लगाएका छन् ।

prachandaसोमबारको व्यवस्थापिका संसद बैठकमा बोल्दै प्रचण्डले सरकार महत्वपूर्ण कार्यमा पनि ‘पर्ख र हेर’ नीति अवलम्वन गरी मुकदर्शक बनेको बताए ।

देशभर आएको प्राकृतिक विपद्लाई सम्बोधन गर्ने भन्दा पनि आन्तरिक समस्यामा अल्झेर जनताको दु:खलाई वेवास्ता गरेर बसेकोमा आपत्ति जनाएका छन् । उनले भने – ‘विपद्का बेला सरकार र राजनीतिक दलका नेतालाई हेलिकोप्टर चढेर हात हल्लाउने र घुम्ने मेसो मात्र बनेको छ ।’

आन्तरिक र बाह्य स्रोतसाधनलाई प्रयोग गरी आवश्यक बजेट, प्राविधिक तयारी गर्नुपर्ने सरकारलाई उनले आग्रह गरेका छन् ।

विपद् मानव जातीकै घातक विषय भएकाले भूगर्भशास्त्रीय अध्ययन गरी दिर्घकालीन रुपमा रोकथाम गर्न सरकारले पहलकदमी चाल्न ढिला गर्न नहुने सुझाव दिएका छन् ।

साथै राष्ट्रिय विपद् घोषणा गर्नु पर्ने माग गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us