गोरखाको पहिरोमा बेपत्ता ३ जनाको शव भेटियो, २ जना अझै बेपत्ता

काठमाण्डु टुडे २०८१ साउन १४ गते १५:५१ मा प्रकाशित

काठमाण्डु, १४ साउन– गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटको पहिरोमा बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव फेला परेको छ । ६० बर्षीय सुलाल कान्छा गुरुङ, उनका छोरा ३७ बर्षीय जीतबहादुर गुरुङ र बुहारी ३५ वर्षकी कान्छीमाया गुरुङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिएका छन ।

शनिबार गण्डकी गाउँपालिका–८ बर्खेघाटस्थित फिस्लिङ नदी किनारमा एक महिलाको शव फेला परेको र उक्त शव त्यही पहिरोले बगाएर ल्याएको हुनसक्ने अनुमान गरिएको थियो ।

उक्त शव कान्छीमायाको भएको प्रहरीले जानकारी दिएको छ । आज आइतबार बिहान करिव तीन बजे गएको पहिरोमा पुरिएर सोही वडास्थित सिङ्लाका ३३ बर्षीय रमेश गुरुङ र सोही फर्ममा ट्याक्टर चालकको रुपमा काम गर्ने २४ बर्षीय रमेश परियार बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । उनीहरुको भने खोजी भइरहेको प्रहरीको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us