काठमाण्डु, १४ साउन– आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा सांसद अमरेशकुमार सिंहले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउनुपर्ने बताउका छन । उनले सेवा प्रदायक र नियामक निकाय एउटै हुन नसक्ने बताएका छन ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सिंहले भने, ‘दुई चार वर्षदेखि बोल्दा बोल्दा घाँटी सुकिसक्यो । तर, पैसाको अगाडि कुनै सांसदको केही लाग्दैन रहेन । नेपाल नागरिक उड्डयन प्राधिकरण सेवा प्रदायक र नियामक पनि हो ।
कहिले पनि सेवा प्रदायक र नियामक एउटै हुँदैन । नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरण एउटै छैन । तर, उड्डयन प्राधिकरणमा नेताहरूको खल्तीमा करोडौँ भर्नका लागि त्यहाँ डीजी बनाएर राखिएको छ ।
उसले समितिमा आएर सांसदहरूलाई नै थर्काएर जान्छ ।’ सांसद सिंहले नेपालीहरू भाग्यले बाँच्नुपर्ने स्थिति रहेको बताउँदै कहिले सडक दुर्घटना त कहिले हवाईजहाज दुर्घटनामा नेपालीहरूले ज्यान गुमाउनु परिरहेको पनि बताएका छन ।
जनसङ्ख्याको अनुपातमा सडक दुर्घटनामा ज्यान गुमाउनेमा नेपाल विश्वकै शीर्ष स्थानमा पर्ने उनको अनुमान थियो ।