काठमाण्डु, १४ साउन– साउन १३ गतेसम्म देशभर ९२.४ प्रतिशत रोपाईं सम्पन्न भएको छ । गत वर्ष साउन १२ गतेसम्म ७८.१ प्रतिशत रोपाईं मात्र भएको थियो ।
१३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमध्ये १२ लाख ९२ हजार २२१ हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरीएको छ ।
त्यसमध्ये सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ९९.६ प्रतिशत रोपाई सम्पन्न भएको छ । गत वर्ष सुदूरपश्चिममा यतिबेला त्यहाँ ९९.२ प्रतिशत रोपाईं भएको थियो । सबभन्दा कम रोपाईं कोशी प्रदेशमा भएको छ ।
कृषि मन्त्रालयको तथ्याङ्कअनुसार त्यहाँ २ लाख ७६ हजार ३८६ हेक्टर क्षेत्रफलमध्ये २ लाख ५० हजार ६२४ हेक्टर अर्थात ९०.७ प्रतिशत रोपाईं भएको छ ।
गत वर्ष यतिबेला त्यहाँ ८३.६ प्रतिशत रोपाईं भएको थियो । सबभन्दा ढिलो रोपाईं हुने मधेस प्रदेशमा यसपटक अन्य प्रदेशकै हाराहारीमा रोपाईं भएको छ ।