एमालेले बोलायो सचिवालय बैठक

काठमाण्डु टुडे २०८१ साउन १४ गते १०:५६ मा प्रकाशित

काठमाण्डु, १४ साउन– एमालेले सचिवालय बैठक बोलाएको छ । साउन १७ गते बिहीबार बस्ने गरी सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन ।

बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्नेछ । ‘१७ गते बस्ने बैठकले नेताहरूको कार्यविभाजन सम्बन्धी समग्र कामको व्यवस्थापन गर्ने उनले जानकारी दिएका छन ।

यसअघि एमालेले नेताहरूलाई फरक भूगोलको जिम्मेवारी दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us