विद्यार्थीसहितको बस भीरमा खस्दा १ जनाको मृत्यु, २९ जना घाइते

काठमाण्डु टुडे २०८१ साउन १४ गते १०:४७ मा प्रकाशित

काठमाण्डु, १४ साउन– पोखरामा भएको स्कुल बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी आरती विक रहेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै दुर्घटनामा परेर २९ जना घाइत भएको पनि प्रहरीले जानकारी दिएको छ । आज सोमबार बिहान पोखरा–२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको बस विद्यार्थीसहित दुर्घटनामा परेको थियो ।

घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us