काठमाण्डु, ९ असार– कांग्रेस राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले मादक पदार्थ सेवन गरेर संसदमा आउने सांसदलाई निलम्बन गर्न माग गरेका छन ।
उनले मापसे गरेर सदनमा आउने सांसदलाई ६ महिना निलम्बन गर्न माग गरेका हुन । केही दिनअघि प्रतिनिधि सभा बैठकमा मापसे गरेर सांसद आउने गरेको विषय उठेको थियो। आइतबारको राष्ट्रिय सभा बैठकमा उक्त विषयप्रति लक्षित गर्दै उनले मापसे गरेर आउने सांसदलाई छ महिना निलम्बन गरिनुपर्ने बताएका हुन ।
उनले भने, प्रतिनिधि सभामा सांसदले रक्सी खाएर बैठकमा उपस्थित भएको विषय उठेको रहेछ। यदि त्यसो हो भने ६ महिना निलम्बन गरिनुपर्छ ।’
फरक प्रसंगमा उनले संघीय संसद सचिवालयका कर्मचारीले उठाएका माग सम्बोधन गरिनुपर्ने पनि बताएका छन ।